दक्षिण सुडानको उत्तरी भागमा पर्ने काउन्टीले सन् २०२४ अप्रिलसम्ममा भोकमरीको भयावह अवस्थाको सामना गर्नुपर्ने अनुमान गरिएको छ।
दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
आगामी वर्ष ठूलो संख्यामा बालबालिका भोकमरी र कुपोषणको सिका हुने राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले जनाएको हो। सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता नयाँ राष्ट्रले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ।
“देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउनसमेत समस्या भोग्नुपरेको छ भने उनीहरू रोगको महामारीसँग पनि जुधिरहेका छन्,” डब्ल्यूएफपीले भनेको छ।
डब्ल्यूएफपीका अनुसार बाढीले जमिनको ठूलो भाग डुबाएको रुबकोना काउन्टीमा करिब सबै मानिसलाई २०२१ देखि साना टापुहरूमा बस्न बाध्य बनाएको छ, अप्रिलदेखि खाद्य असुरक्षाको त्रास १२० प्रतिशतभन्दा बढीले बढेको छ।
देशको उत्तरी भागमा पर्ने काउन्टीले सन् २०२४ को अप्रिलसम्ममा भोकमरीको भयावह अवस्थाको सामना गर्नुपर्ने अनुमान गरिएको छ। “जलवायु संकटको प्रत्यक्ष प्रभावमा बाँच्नुको यो वास्तविकता हो,” जुबामा डब्ल्यूएफपीकी कन्ट्री डाइरेक्टर मेरी एलेन म्याकग्रोर्टीले भनिन्, “हामी कुपोषणमा अत्यन्त चिन्ताजनक वृद्धि देखिरहेका छौँ जुन अत्यधिक भीडभाड र जलमग्न अवस्थामा बाँच्नुको प्रत्यक्ष परिणाम हो।”
पानीबाट सर्ने रोगको फैलावटले बालबालिकालाई सबैभन्दा बढी असर परिरहेको उनको भनाइ छ। सुडानको क्रूर युद्धबाट भागेर भागेका लाखौँ दक्षिण सुडानी शरणार्थी स्वदेश फर्केपछि यो संकट झनै जटिल बनेको छ।
सुडानमा गत अप्रिलको मध्यमा शुरू भएको द्वन्द्वका कारण अहिलेसम्म १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। धेरै युद्धविरामहरू हिंसा रोक्न असफल भएका छन् जसले व्यापक क्षेत्रमा मानवीय संकटको भय बढाएको छ।
यहाँ सन् २०२३ मा करिब ९४ लाख मानिस (७६ प्रतिशत जनसंख्या)लाई मानवीय सहायताको आवश्यकता हुने अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
