आरतीको मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै उनका परिवार असार एक गतेदेखि माइतीघरमा धर्ना बसिरहेका छन्।
काठमाडौँ– जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्का प्रहरी प्रधान कार्यालय तानिएका छन्।
गृह मन्त्रालयको निर्देशनपछि एसपी खड्कालाई हेडक्वार्टर तानिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए।
“ठ्यक्कै के कारणले तानिएका हुन् हामीलाई थाहा हुँदैन,” कडायतले उकालोसँग भने, “तर हिजोदेखि नै उहाँलाई अपराध अनुसन्धान विभागमा काजमा खटाइएको छ।”
जनकपुर– ९ थापाचोककी २२ वर्षीया आरती साहको गत जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो। यस प्रकरणमा प्रहरीको शंकास्पद भूमिका भएको आरतीका परिवारले आरोप लगाउँदै आएका छन्। उनीहरूले एसपी खड्का र डीएसपी वेदप्रकाश गौतमले आफूहरूलाई कुटपिट गरेको भन्दै निलम्बनको माग गरेका छन्।
डीएसपी गौतमको यसअघि नै सरुवा भइसकेको छ। जेठ ३० गते आरती साहका परिवारलाई बयान लिन बोलाएको थियो। तर, बयान नै हेरफेर गरिएको भन्दै हस्ताक्षर गर्न नमानेपछि प्रहरीले कुटपिट गरेको आरतीका मामा सन्तोष बताउँछन्। सोही क्रममा आरती साहकी बहिनी मनीषा, भाइ प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट भएको उनले बताए।
आरतीको मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै असार एक गतेदेखि माइतीघरमा धर्ना बसेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
