जाजरकोट भूकम्प: भेरी नगरपालिकामा १४ विद्यालय भवनमा पूर्ण क्षति

भूकम्पबाट ४७ वटा कक्षाकोठा, नौ वटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ। 

जाजरकोट– भेरी नगरपालिकामा शुक्रबार राति गएको भूकम्पबाट १४ वटा विद्यालयमा पूर्ण क्षति भएको छ। 

त्यस्तै ७८ वटा विद्यालयका भवनमा आंशिक क्षति पुगेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ। ४७ वटा कक्षाकोठा, नौ वटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ। 

त्यस्तै आंशिकमा ७८ वटा विद्यालय भवन, १७१ वटा कक्षाकोठा, ३८ वटा शौचालय, नौ वटा घेराबार, एउटा विज्ञान प्रयोगशाला, नौ वटा आईसीटी ल्याब, दुई वटा सोलार सिस्टममा समेत क्षति भएको छ। 

त्यसैगरी तीन शिक्षक र ३१ विद्यार्थी घाइते हुनाका साथै ११ विद्यार्थीको मृत्यु भएको छ।