बाजुरा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरालाई केन्द्रबिन्दु बनाएर मध्यान्ह १२:५८ मा ४ म्याग्निच्युडको धक्का गएको हो।

काठमाडौँ– बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरालाई केन्द्रबिन्दु बनाएर मध्यान्ह १२:५८ मा ४ म्याग्निच्युडको धक्का गएको हो।

यसअघि पनि बाजुरामा पटक–पटक ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए। शुक्रबार राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको छ। 

त्यसअघि बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।