महासमिति बैठक पुस १६–१९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।
काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।
बैठक पुस १६–१९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले बताए। यसअघि मंसिरको १३—१५ सम्म बैठक बस्ने भने पनि सफल नभएको उनको भनाइ छ।
उनले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ गतेदेखि पुसको २ गतेसम्म गर्ने भने पनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए। अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने उनको भनाइ छ।
कांग्रेसको महासमितिको बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
