सबै नेताहरूबाट संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति एकै खालको प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालको भनाइ छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरू एक ठाउँ उभिएको बताएका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका छन्। उनले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक निरन्तर राख्नेबारे पनि एकमत भएको बताए।
“नेपालको आधुनिक राजनीतिक इतिहासका सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक थियो। यो बैठकमा राम्रो कुरा के भयो भने– संविधानप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिबद्धता व्यक्त भयो।”
प्रधानमन्त्री दाहालले बैठक कसैसँग डराएर नभई समीक्षा गर्नका लागि बसेको बताए। “हामी सामान्य समीक्षा गरौँ भनेर गरेको हो, कसैसँग तर्सिएको छैन,” उनले भने।
एकता र सहकार्य आवश्यक: नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउन दलहरू बीचमा एकता र आपसी सहकार्यको आवश्यकता औँल्याए। जनजीविकाका सवालमा दलहरूले देश र जनताको हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यक नभएको बताए।
“यो संविधान, व्यवस्था, संघीयताप्रति हाम्रो पार्टीको पूरै साथ, सहयोग रहने छ। व्यवस्था परिवर्तन होइन सुधारको आवश्यकता छ,” उनले भने, “व्यवस्था र अवस्थाबारे मान्छेहरूको जुन भाष्य छ, त्यो भाष्य उपयुक्त होइन। व्यवस्थामा पनि सुधार गर्नुपर्छ।”
देशमा भ्रष्टाचार, विकृति र विसंगतिको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमूल परिवर्तन गर्नुपर्ने बताएका अध्यक्ष नेपालले शान्तिप्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्याउनुपर्ने धारणा राखे।
शान्तिप्रक्रिया चाँडो टुंग्याउन नेताहरू एकमत : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले शान्तिप्रक्रिया चाँडो टुंग्याउनेबारे सर्वदलीय बैठकमा नेताहरू एकमत भएको बताए।
संविधानलाई संस्थागत गर्नुपर्नेमा सबै नेताहरूले जोड दिएको उल्लेख गर्दै राष्ट्रिय मुद्दामा साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित रहेको बताए। संघीयताको विरोध गर्नेहरू पनि प्रणालीले दिएको अधिकार उपयोग गर्ने भएकाले यसबाट टाढिने अवस्था नरहेको जिकिर गरेका उनले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
