प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको उल्लेख गर्दै जुनसुकै हदसम्म गएर भए पनि क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्।
टी२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषित पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको उल्लेख गर्दै जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने प्रतिबद्धता जनाएका हुन्।
“क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउँदै छौँ। भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ। यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ,” उनले भने।
कार्यक्रममा प्रधानमन्त्री दाहालले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको क्रिकेट खेलाडीको प्रशंसा गर्दै बधाई दिए। उनले विश्वकपका लागि पनि राम्रो मिहिनेत गर्ने खेलाडीहरूलाई आग्रह गरे। “१० वर्षपछि नेपाल टी२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मिहिनेत गर्नुहोला। कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुन्छ। तपाईंहरूले राम्रो गर्नुहोला,” उनले भने।
उनले क्रिकेटमा नेपालले राम्रो गरिरहेको उल्लेख गर्दै अहिलेको क्रिकेट टिम ‘बेस्ट टिम’ भएको आफूले महसुस गरेको बताए। उनले खेलक्षेत्र देशको प्रतिष्ठालाई बढाउने महत्त्वपूर्ण क्षेत्र रहेको बताएका उनले त्यसमा क्रिकेट मुख्य रहेको सुनाए।
उनले कानूनी तथा प्रक्रियागत समस्याका कारण समयमा नै घोषित पुरस्कार रकम वितरण गर्न सकिएको उल्लेख गर्दै उनले आगामी दिनमा सचेतता अपनाउने प्रतिबद्धता व्यक्त गरे।
“हामीले घोषणा गरेको पुरस्कार वितरणमा अलि ढिलो भयो, मलाई पनि अलि नमीठो लागेको छ,” प्रधानमन्त्रीले भने, “हाम्रो केही कानूनी र प्रक्रियागत समस्याहरू छन्। त्यसले पनि ढिलो हुन गयो। आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ। टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ।”
कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्त्वबाट आफूहरू उत्साहित भएको बताए। “यो महत्त्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुशी छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
