कस्तो रहनेछ बुधबारको मौसम?

पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा राति पनि हल्का हिमपात हुने महाशाखाले जनाएको छ।