पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टालाई हालै ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ।
भ्रष्टाचारको आरोपमा मुछिएपछि पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले राजीनामाको घोषणा गरेका छन्।
उनलाई हालै ऊर्जासम्बन्धी ठेक्का प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको थियो। “प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शंकासँग मेल खाँदैन,” राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग संक्षिप्त कुराकानीपछि आयोजित पत्रकार सम्मेलनमा कोस्टाले भने, “यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको छु।”
पार्चुगलको सोसलिस्ट पार्टीको प्रतिनिधित्व गर्दै कोस्टा सन् २०१५ देखि सरकारको कार्यकारी नेतृत्वमा छन्। राष्ट्रिय वायुसेवा कम्पनी टीएपीसँग जोडिएका शृंखलाबद्ध काण्डपछि उनको लोकप्रियतामा गिरावट आएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अनुसन्धानकर्ताले विभिन्न मन्त्रालय र कोस्टाको कार्यालयमा छापा मारेका थिए। त्यसपछि सरकारी अभियोजकले कोस्टाका चिफ अफ स्टाफविरुद्ध पक्राउ पुर्जी जारी गरेका थिए। पोर्चुगाली वातावरण सुरक्षा निकाय (एपीए) को कार्यकारी बोर्डका अध्यक्षलाई पनि अभियोग लगाइएको छ।
एपीएले मेमा लिथियम उत्खनन परियोजनालाई अनुमोदन गरेको थियो, जुन ब्याट्रीको उत्पादनको लागि एक आवश्यक धातु हो।
पोर्चुगलमा युरोपकै सबैभन्दा ठूलो लिथियम भण्डार छ। तर, हाल यसको उत्पादन पूर्ण रूपमा सिरेमिक र ग्लास बनाउने उद्योगमा जान्छ।
पोर्चुगलले लिथियम उत्खनन छुटका साथै हाइड्रोजन उत्पादन परियोजना र तथ्यांक संकलन केन्द्रलाई लिस्बनबाट लगभग १०० किलोमिटर दक्षिणमा सिनेसमा स्टार्ट क्याम्पस निर्माण गर्न लागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
