भन्सार विभागले साउनदेखि कात्तिकसम्म २ खर्ब २ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २९ अर्ब मात्र उठेको छ। जुन लक्ष्य भन्दा ७३ अर्ब कम हो।
काठमाडौँ- आयातमा लगाइएको प्रतिबन्धले राजस्व संकलनमा धक्का पुगेको छ। चालु आर्थिक वर्षको चार महिना सकिँदा पनि भन्सार र आन्तरिक राजस्व विभागले लक्ष्य भेट्टाउन सकेका छैनन्।
भन्सार विभागले साउनदेखि कात्तिकसम्म २ खर्ब २ अर्ब राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २९ अर्ब मात्र उठेको छ। जुन लक्ष्य भन्दा ७३ अर्ब कम हो। कात्तिक महिनामा विभागले ५५ अर्ब संकलनको लक्ष्य लिएकोमा ३२ अर्ब मात्र संकलन भएको छ। सरकारले ३ सय अमेरिकी डलरमाथिका मोबाइल, कार, जिप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल तथा विदेशी तयारी मदिराको आयातमा प्रतिबन्ध कायमै राखेको छ।
यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको हो। भन्सार विभागले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ६८ अर्बको राजस्व संकलनको लक्ष्य लिएकोमा ४ महिना सकिँदा २० प्रतिशत मात्र उठेको विभागको भनाई छ। अहिले भन्सार कार्यालयहरूमा करिब २६ सय जीप, कार भ्यान लगायतका सवारीको जाँचपास रोकिएको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए।
आन्तरिक राजस्व संकलन पनि लक्ष्य भन्दा कम नै देखिएको छ। चालु आर्थिक वर्षको चार महिना सकिँदा आन्तरिक राजस्व विभागले लक्ष्यको ८८.४१ प्रतिशत मात्रै संकलन गरेको छ।
साउनदेखि कात्तिकसम्म विभागले १ खर्ब ४१ अर्ब १५ करोड ३३ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा १ खर्ब २४ अर्ब ७९ करोड ८७ लाख ५९ हजार मात्र उठाउन सकेको छ।
कात्तिक महिनामा मात्र लक्ष्यको ८०.८२ प्रतिशत अर्थात् २९ अर्ब ३ करोड ३८ लाख ४७ हजार राजस्व संकलन भएको छ। सो अवधिमा विभागले ३५ अर्ब ९२ करोड ३८ लाख ३० हजार उठाउने लक्ष्य लिएको थियो। उत्पादनशील उद्योगमा देखिएको समस्याले त्यहाँबाट प्राप्त हुने भ्याट पनि प्रभावित भएका हुनसक्ने विभागका प्रवक्ता राजु प्रसाद प्याकुरेलले जानकारी दिए। यस्तै चालु आर्थिक वर्षमा करका दरमा गरिएको नीतिगत परिवर्तनको असर पनि देखिएको हो।
कात्तिक महिनामा अन्तःशुल्कबाहेक अन्य शीर्षकमा लक्ष्य अनुसार राजस्व उठ्न सकेन। कात्तिकमा अन्तःशुल्क लक्ष्य भन्दा २५ करोड २५ लाख ४६ हजार बढी अर्थात् ८ अर्ब ३८ करोड ९० हजार उठेको छ। आयकर ९ अर्ब ८१ करोड ६८ लाख संकलनको लक्ष्य राखिएकोमा ७ अर्ब ४१ करोड १० लाख मात्रै उठेको छ।
यस्तै घर बहाल कर १४ करोड ४६ लाख लक्ष्य लिइएकोमा १२ करोड ३५ लाख मात्रै संकलन भएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) १० अर्ब ८० करोड २५ लाख संकलनको लक्ष्य लिइएकोमा ७ अर्ब ४४ करोड मात्र संकलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
