बागलुङको पर्यटकीय गाउँ भकुन्डे पुग्ने विदेशी पर्यटक होमस्टेमा अर्ग्यानिक खानाको स्वाद लिने, पर्यटकीय स्थलको भ्रमण गर्ने र स्थानीयलाई काम सघाएर रमाउने गरेका छन्।
गलकोट– यसै साता ६ जना विदेशी पर्यटक बागलुङको पर्यटकीय गाउँ भकुन्डे पुगेका छन्। उनीहरू त्यहाँ कोदो टिप्नमा रमाइरहेका भेटिन्छन्। पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्किने गरेका छन्।
यतिबेला होमस्टे सञ्चालकलाई बाली थन्क्याउने चटारो छ। पर्यटक भने सञ्चालकलाई काममा सघाउँछन्। काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले कतिपयले कोदो टिप्छन् भने कतिले साग केलाउने गरेको अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले बताए। हालै कोरियाबाट एउटा समूह घरबास पुगेर फर्किसकेको छ। बढीजसो अमेरिका, क्यानडा, दक्षिण कोरिया, चीनलगायत मुलुकबाट बढी पर्यटक आउने गरेका छन्।
अधिकांश बाह्य पर्यटकले घरबासमा अर्ग्यानिक खानाको स्वाद लिने, पर्यटकीय स्थलको भ्रमण गर्ने र घरबास सञ्चालकलाई काममा सघाउने गरेको थापाको भनाइ छ। “यतिबेला भकुन्डेमा कोदो भित्र्याउने चटारोमा पुगेका बाह्य पर्यटकले कोदो ठटाउने र केलाउने गरेका छन्, घरबास सञ्चालकसमेत दिउँसो कोदो काट्न पुग्छन्,” थापाले भने, “उनीहरू यसमै रमाउने गरेका छन्।”
नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा चासो हुने भएकाले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुगेको आफूले अनुभव गरेको स्थानीय इन्द्रा थापाले बताइन्। बाह्य पर्यटक स्थानीयले गर्दै आएका हरेक क्रियाकलापमा सहभागी हुने गरेको उनले सुनाइन्। मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको हरेक काममा आफैँ अग्रसर भएर सहयोग गर्दै आफूलाई त्यही काममा रमाइलो मान्ने गरेको उनको भनाइ छ।
“अहिलेको बाह्य पर्यटकको समूहसँगै भकुन्डेमा पाँच समूह आइसकेको छु, उनीहरू पदमार्ग हुँदै भकुन्डे पुग्छन्,” उनले भनिन्, “ बाह्य पर्यटक हिमाल, दृश्यावलोकन, कला–संस्कृतिसँगै आफैँ काम गरेर रमाउँछन्।” भकुन्डेबाट बौडैचौर हुँदै बौरसम्मको दुईदिने पदयात्रा मार्ग आफ्नै पहलमा रेखांकन गरिएको पर्यटन व्यावसायी महादेव शर्माको भनाइ छ। “झै पर्यटनमैत्री पूर्वाधारको खाँचो छ। पुराना पदमार्गमा ढुंगा छापेरै जीवन्त दिनुपर्छ,” उनले भने।
जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन्। घरबास सञ्चालनमा आएसँगै भकुन्डेले मुहार फेर्दैछ। भुकन्डेको शिरमा रहेको मुलाबारी भ्यूटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने माध्यम बनेका छन्। एक रातमा ८० जना बस्न मिल्ने सञ्चालक प्रेम थापाले बताए।
घरबासमा पर्यटकको बसाइ लम्ब्याउन उद्यानसमेत निर्माण गरिएको छ। बागलुङ बजारबाट तीन घण्टाको पैदल र डेढ घण्टाको यातायात यात्रामा पुग्न सकिनछ। घरबास २०७३ सालमा सञ्चालनमा आएको हो। सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
