सेनाको टोलीले जाजरकोटमा २३४ र रुकुम पश्चिममा २८४ घरबाट भग्नावशेष उत्खनन गरेर पीडितका आवश्यक सामग्री निकाल्ने काम गरेको छ।
काठमाडौँ– गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ।
भूकम्प प्रभावितको उद्धारसँगै अहिले उनीहरूलाई राहत र पुनः स्थापनाको काम भइरहेको छ। भूकम्प गएको दिनदेखि नै परिचालित नेपाली सेनाले प्रभावित क्षेत्रमा राहत, उद्धारलगायत कामलाई निरन्तरता दिइरहेको छ।
सेनाको टोलीले भग्नावशेष खाली गराएर त्यहाँबाट प्रभावित परिवारका सामान निकाल्ने काम गरिरहेको प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। भत्किएका र जीर्ण अवस्थाका घरमा पुरिएका सामान निकाल्न सेनाले सहयोग गरिरहेको उनको भनाइ छ।
“भूकम्पलगत्तै सर्च एन्ड रेस्क्यु, घाइते बिरामीको उद्धारलगायतको काममा खटिएको टोलीले अहिले भत्केका जीर्ण अवस्थाका घरमा पुरिएका सामान निकाल्न सहयोग गर्ने, टेन्ट निर्माणलगायत काम गरिरहेको छ,” उनले भने, “भूकम्प गइसकेपछि मानिसहरू अन्यत्र आश्रय लिएर बसेका छन्। भत्केका र जीर्ण भएका घरबाट सामान निकालेर उपलब्ध गराउने काममा हाम्रो टोली खटिएको छ।”

प्रवक्ता भण्डारीका अनुसार सेनाको टोलीले बुधबारसम्म जाजरकोटमा २३४ र रुकुम पश्चिममा २८४ घरबाट भग्नावशेष उत्खनन गरेर पीडितका आवश्यक सामग्री निकाल्ने काम गरेको छ। त्यस्तै जाजरकोटमा ३५ वटा अस्थायी सेल्टर निर्माण गरेर प्रभावितलाई राखेको छ।
उनले तीन वटा बटालियन परिचालिन भएको जानकारी दिए। “यति नै सेना खटिएको भन्ने छैन। हाम्रो एक बटालियनमा ७०० देखि ८०० को संख्या हुन्छ। प्रभावित क्षेत्रमा ३ वटा बटालियन परिचालित छ,” उनले भने, “जाजरकोट र रुकुम पश्चिममा रहेका युनिट त्यस बाहेक सुर्खेत, नेपालगन्ज र काठमाडौँबाट स्वास्थ्यकर्मीको टोली परिचालन छन्।”
उनले विपत् व्यवस्थापनमा तालिमप्राप्त टोली कोल्याप्स स्ट्रक्चर टिम, तत्काल उद्धार गर्न सक्ने टोली, हेलिकप्टर चालक दललगायत विमानबाट गएको राहत सामग्री लगायत सम्बन्धित क्षेत्रमा पठाउने टोलीसमेत गरेर ३ वटा बटालियन परिचालन भएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
