१ एक करोड अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट वञ्चित

अज्ञात अवरोधका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भएका छन्।

अस्ट्रेलियाको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अवरोध हुँदा बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट वञ्चित भएका छन्।

अज्ञात अवरोधका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भएका छन्। मुलुकको सबैभन्दा ठूलो शहर मेलबर्नमा भीडभाड हुने रेल केही समयका लागि रोकिएको थियो। 

सिंगापुरको दूरसञ्चार कम्पनी सिंगटेलको सहायक कम्पनी अप्टसले बुधबार दिउँसो केही सेवा पुनः स्थापित गरिएको बताएको छ। यद्यपि उसले गडबडीको कारणबारे बताउन सकेको छैन। “हाम्रो टोलीले अहिले पनि सम्भावित मार्गमा काम गरिरहेको छ, अहिलेसम्म हामीले जति परीक्षण गर्यौँ, तर पनि मूल समस्याको समाधान हुन सकेको छैन,” कम्पनीका प्रमुख कार्यकारी केली बेयर रोजमरिनले भने, “मूल समस्या र पुनःस्थापनाको समय थाहा भएपछि हामी चाँडोभन्दा चाँडो सबैलाई अपडेट गराउने छौँ।” 

कम्पनीले सबै सेवा पुनः सञ्चालन गर्न केही घण्टा लाग्न सक्ने बताएको छ। अस्ट्रेलियाली सरकारले मोबाइल फोन, ल्यान्डलाइन र ब्रोडब्यान्ड इन्टरनेट प्रभावित भएको जनाएको छ। एक वर्ष पहिले साइबर आक्रमणमा ९० लाखभन्दा ग्राहकको व्यक्तिगत डाटा चोरी भएको थियो। 

एक करोडभन्दा बढी ग्राहक भएको अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी अप्टसले स्थानीय समयानुसार बिहान ४ः०५ बजे सेवा अवरुद्ध भएको थाहा पाएको बताएको छ।