राहतस्वरुप त्रिपाल र अन्य सामग्री घरधनीका नाममा आउने गरेपछि सदरमुकामभन्दा बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेका छन्।
जाजरकोट– गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किएका थिए।
निस्किने क्रममा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भए। अहिले सदरमुकाम खलंगाको नयाँ बस्तीस्थित सडकको किनारमा रात बिताउँदै आएका छन्। सदरमुकाम भाडामा बस्दै आएका उनीजस्ता सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन्।
राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घर धनीका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए। वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घर धनीबाहेक अन्यले नपाउने भनेपछि हैरानीमा परेको उनको भनाइ छ । खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत, माग्दामाग्दै निराश छ।
त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुनः एक थान त्रिपाल पाएको उनले सुनाए। “शुरूमा क्षति भएको नामावली संकलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिस्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा थप मारमा परेका छौँ,” थाप्लेका झलक मल्लले भने।
घर पूर्ण रूपमा भत्किएर समस्या परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन। यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ। भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ। समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए।
बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनले बताए। घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन्। घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ। बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
