विश्वमा विभिन्न अपराधमा संलग्न अपराधीलाई मानिसको जीवन आयुभन्दा निकै बढी वर्षको सजाय दिइएको छ। यस्तो सजाय पाउनेहरू जघन्य अपराधमा सलंग्न रहेका देखिन्छन्।
विश्वमा सबैभन्दा लामो समय जेल सजाय पाउने व्यक्ति थाइल्यान्डकी चमोए थप्यासो हुन्। उनलाई एक लाख ४१ हजार ७८ वर्षको जेल सजाय सुनाइएको थियो। यसलाई ‘गिनिज बुक अफ रेकर्ड’मा समेत राखिएको छ।
थप्यासो वित्तीय अपराध ‘कर्पोरेट फ्रड’ मा संलग्न भएको भन्दै सन् १९८९ मा त्यहाँको अदालतले उनलाई विश्वमै सबैभन्दा बढी जेल सजाय सुनाइएको थियो।
त्यसबेला थाइल्यान्डको कानूनमा भ्रष्टाचारसम्बन्धी अपराधको अधिकतम सजाय २० वर्ष कैद मात्रै थियो। तर उनलाई त्यसको सयौँ गुणा जेल सजाय सुनाइएको थियो। यद्यपि उनी जेल बसेको ८ वर्षपछि रिहा भएकी थिइन्।
अमेरिका, स्पेन, टर्कीसहित थुप्रै मुलुकले अपराधमा संलग्न कुनै पनि व्यक्ति र कैदीबन्दीलाई निरन्तर सयौँ वर्षसम्मको जेल सजाय सुनाउने गरेका छन्। त्यसैले एउटै व्यक्तिले पनि सयौँ वर्षको जेल सजाय पाएको सुनिन्छ।
सन् १९९४ मा अमेरिकाको ओक्लाहामाका चार्ल्स स्कट रबिन्सनलाई बालिका बलात्कारको आरोपमा दोषी ठहर गर्दै ३० हजार वर्षको जेल सजाय सुनाएको थियो।
यस्तै, अमेरिकामै चरम दक्षिणपन्थी आतंकवादी भनिएका टेरी निकोल्स नामक व्यक्तिले आफ्ना पूर्वसैनिक साथी टिमोथी म्याकभेलाई बम विस्फोट गराउन सघाएको आरोपमा एक सय ६१ वटा आजीवन जेलसजाय र जेलबाट रिहा नहुने गरी नौ हजार ३०० वर्षको जेल सजायको फैसला भएको थियो। सन् १९९५ मा ओक्लाहामा शहरमा गराइएको सो बम विस्फोटमा परि १९ बालबालिकासहित एक सय ६८ जनाको मृत्यु भएको थियो। म्याकभेलाई भने फाँसी दिइएको थियो।
त्यस्तै, स्पेनमा तीन जना व्यक्तिलाई एक लाख २० हजार वर्षको जेल सजाय सुनाइएको थियो। सन् २००४ मा अल कायदाले मड्रिडमा गराएको रेल बम विस्फोटमा संलग्न भएको भन्दै उनीहरूलाई जेल सजाय सुनाइएको थियो। सो बम विस्फोटमा एक सय ९३ जनाले ज्यान गुमाएका थिए।
यस्तै, २४ जनाको हत्या र अन्य आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा अस्कादी ता अस्कातासुना अतिवादी समूहका कार्यकर्ताहरूलाई ३ हजार ८२८ वर्षको जेल सजाय सुनाइएको थियो।
सो सजाय पाउनेमध्ये इनेस देल रियो प्राडालाई भने २६ वर्षको जेलसजायपछि सन् २०१३ मा रिहा गरिएको थियो।
यता हालै टर्कीमा यौन अपराधमा संलग्न भएको भन्दै टेलिभिजनका धर्म प्रचारक अदनान अख्तरलाई गत सोमबार मात्रै त्यहाँको अदालतले एक हजार ७५ वर्षको जेल सजाय सुनाएको थियो।
उनलाई अर्धनग्न महिलाहरूको बीचमा बसेर यौन अपराध गरेको आरोप लागेको छ। उनी पछिल्लो समय संसारको सबैभन्दा बढी जेल सजाय पाउने व्यक्ति हुन्।
बेलायतमा पनि अधिकतम ४९० वर्षको जेल सजाय सुनाइएको थियो। आईआरए बम विस्फोटमा संलग्न एक व्यक्ति र बन्दुकधारी बर्नाड म्याकगिनले ४९० वर्षको जेल सजाय पाएका थिए। उनीहरूमाथि विभिन्न स्थानमा बम आक्रमण गरेको आरोप छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
