नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष परुषोत्तम खनालले प्रणाली लागू भएको दुई दिनमा १५ सय भन्दा बढी डिभाइसहरू बन्द भइसकेको भन्दै अब एमडीएमएसस नरोकिने बताए।
काठमाडाैँ– नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष परुषोत्तम खनालले बिचाैलियाहरूको कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू हुन समस्या भएको बताएका छन्।
प्राधिकरणले गत वर्ष नै मोबाइल एमडीएमएस लागू गर्ने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा रोकिएको थियो। तर उक्त प्रणाली प्राधिकरणले सोमबारदेखि लागू गरेको छ। प्राधिकरणका अध्यक्ष खनालले मोबाइल कारोबार गर्ने बिचाैलियाहरूको कारण प्रणाली लागू गर्न समस्या आएको बताएका छन्।
उनले प्राधिकरणले मोबाइलका प्रयोगकर्ताहरूलाई सुरक्षित मोबाइल प्रयोग गर्नसक्ने र हराएको बेला तत्काल बन्द गर्नसक्ने प्रणाली लागू गरेको बताए। उनले ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जिएसएम)ले मोबाइल सेवाको प्रणाली एवं प्रविधिमा बनाएका मोबाइललाई उसको डाटावेसमा राख्ने तर टोल वा एसएमआई गरेका मोबाइलहरूको रेकर्ड त्यसमा नराख्ने बताए। उनले प्रणालीका मोबाइल मात्रै नेपालमा खरिद गर्न पाउने व्यवस्था गर्न लागिएको उल्लेख गरे।
अध्यक्ष खनालले गुणस्तरीय मोबाइल प्रयोगका उपभोक्ताहरूलाई ग्यारेन्टी गर्नको लागि प्रणाली ल्याएको दाबी गरे। उहाँले एमडीएमएस प्रणालीले अहिले मोबाइल कारोबारमा भइरहेको कालोबजारीलाई पनि नियन्त्रण गरी राजश्व प्रशासनलाई सहयोग गर्ने विश्वास लिएको उनको भनाइ थियो। उनले प्राधिकरणको पाटो सुरक्षित रुपमा डाटा प्रयोग गर्ने र डाटाबेसबाट ल्याउने मात्रै भए पनि अर्थ मन्त्रालय र भन्सार प्रशासन पनि यसमा जोडिने जानकारी दिए।
उनका अनुसार नेपालमा वार्षिक २० देखि २५ अर्बको मोबाइलहरू आयात हुने गरेका छन्, जसमध्ये १० प्रतिशत अर्थात ३ अर्ब भन्दा बढी कालोबजारीमार्फत भित्रिन्छन्। भन्सारमा यो प्रणाली जोड्दा अवैध मोबाइलहरू एउटा पनि नेपाल भित्रन नपाउने उनको भनाइ छ। त्यसैले बिचाैलियाका कारण अहिलेसम्म लागू गर्न समस्या भएको उनले बताए।
"३ अर्ब रुपैयाँ कमाउने बिचाैलियाहरूले २५ करोड खर्च गरेर मिस इन्फरमेसन दिनेहरूको कारणले एक वर्ष प्रणाली लागू हुन नसकेको हो। बिचाैलियाहरूको विभिन्न प्रकार र तरिकाले खेल्ने गेम सरकारका अन्य निकाय राजश्व अनुसन्धान,प्रहरी अनुसन्धान अहिलेको भन्दा बढी भएको भए बिचाैलियाहरू निरुत्साहित हुने थिए," उनले भने, "मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम प्राधिकरणले लागू गरे पनि नगरे पनि मतलब हुने थिएन। कालोबजारी नभएपछि यो प्रणाली लागू गरेर सुरक्षित गर्न मात्रै खोजेको भन्ने हुने थियो।"
उनले प्रणाली लागू भएको दुई दिनमा १५ सय भन्दा बढी डिभाइसहरू बन्द भइसकेको भन्दै अब एमडीएमएसस नरोकिने बताए। प्रणाली कालोबजारी रोक्नमा सबै केन्द्रित भएर लाग्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
