गोर्खा ब्रुअरीद्वारा भूकम्पपीडितका लागि नेपाल सरकारलाई १ करोड सहयोग

गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

काठमाडाैँ– गोर्खा ब्रुअरी प्रालिले भूकम्पपीडितका पुनर्स्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ।

उक्त रकमको चेक गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक (डीएमडी) सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन्। प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वस्फुर्त रूपमा गरिएको सहयोगलाई धन्यवाद दिए। 

डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएको भन्दै सन्तुष्टि व्यक्त गरे। उनले यस अघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरूमा उल्लेख्य सहयोग गर्दै  आएको, विशेष गरि कोरोना महामारी र २०७२ को महाभूकम्पपछि  कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरे।

यस ब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्‍याउँदै आएको बताए।