आरती साहको न्यायका लागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यबद्धता जनाएको छ।
काठमाडाैँ– आरती साहको न्यायका लागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यबद्धता जनाएको छ।
गत जेठ ७ गते धनुषास्थित थापाचोक–९ जनकपुरधाममा आरती साहलाई सासू, ससुरा, श्रीमान् र देवर मिलेर दाइजोको निउमा निर्घात कुटपिट गरेर हत्या गरेको भन्दै पीडित परिवारले माइतीघर मण्डलमा असार १ गतेदेखि २४सै घण्टा धर्ना बस्दै आएका छन्। बुधबार आम जनता पार्टीका अध्यक्ष प्रभु साह लगायत पार्टीका नेता, कार्यकर्ताहरू धर्नास्थलमै पुगेर धर्नामा ऐक्यबद्धता जनाएका हुन्। सो क्रमममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साहले पीडित परिवारले १४६ दिनसम्म धर्ना बस्दा पनि न्याय नपाउनु दुर्भाग्य भएको बताए।
उनले राज्यले पीडित परिवारको माग सम्बोधन गर्न बेवास्ता गरेको भन्दै खेद प्रकट गरे। उनले पीडित परिवारको माग सम्बोधन गरेर आरती साहलाई न्याय दिन सरकारसँग माग गरे। उनले समस्या समाधानका लागि सरकारले औपचारिक वार्ता छिटो शुरू गर्नुपर्ने उल्लेख गरे।
उनले भने– "आरती साहको परिवारको जुन मागहरू छन्, त्यसमा म ऐक्यबद्धता जायर गर्दछु। जायज मागहरू छ। त्यो सम्बोधन गर्नैपर्छ। राज्यले छिटो सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ। आम जनता पार्टीले यो आन्दोलनलाई समर्थन गरेको छ। सहयोग गर्ने भन्ने निर्णय गरेको छ।"
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मृतक आरती साहकी कान्छि बहिनी मनिषा साहले आफूहरू १४६ दिनसम्म न्यायको माग गर्दै धर्नामा बस्दा पनि माग पूरा हुन नसकेको भन्दै दु:ख व्यक्त गरिन्। आफ्नी दिदीको हत्यारा बाहिर खुलेआम हिडिरहँदा पनि कानूनी कारबाही नभएको भन्दै आफूहरूलाई गरिब, निमुखा भएकै कारण राज्यले हेपेर माग सम्बोधन नगरेको उनले गुनासो पोखिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
