अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

छायाँनाथ रारा नगरपालिकाको जातीय विभेद अन्त्य गर्ने नीतिअनुसार सम्मान गरेको नगर प्रमुख विष्णुकुमार भामले बताए। 

मुगु– छायाँनाथ रारा नगरपालिका–१० चराप गाउँका अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाले एक लाख रुपैयाँ दिएर सम्मान गरेको छ। छायाँनाथ रारा नगरपालिकाले रञ्जिता बुढा र देविकृष्ण कामीलाई अन्तरजातीय विवाह गरेकामा प्रोत्साहन दिन पुरस्कृत गरेको जनाएको छ।

सोरू गाँउपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढा र छायाँनाथ रारा नगरपालिका–१० का २५ वर्षीय देविकृष्ण कामीले गत माघ १३ गते प्रेम विवाह गरेका थिए। छायाँनाथ रारा नगरपालिकाको जातीय विभेद अन्त्य गर्ने नीतिअनुसार उक्त जाेडीलाई सम्मान गरिएको नगर प्रमुख विष्णुकुमार भामले बताए।