पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा नै रहनेछ।

पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।