'सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष'

सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौतामा २०० देशले विश्वव्यापी तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए। 

यरोपेली संघ (ईयू)ले सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष भएको जनाएको छ। ईयूको अनुगमनकारी निकाय कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार गत अक्टोबरमा हालसम्मको सबैभन्दा तातो भएको थियो। 

सीथ्रीएसले अक्टोबरमा अमेरिका र मेक्सिकोका केही भागमा खडेरी परेको र पृथ्वीको ठूलो भूभाग सामान्य अवस्थाभन्दा बढी तातो भएको जनाएको छ। “अक्टोबर २०२३ मा असाधारण तापमानको विसंगति देखिएको छ, जसले यस पहिलेको चार महिनाको विश्वव्यापी तापमान रेकर्ड तोडेको छ,” सीथ्रीएसका उपनिर्देशक सामन्था बर्गेसले भने, “सन् २०२३ रेकर्डमा सबैभन्दा न्यानो वर्ष हुनेछ, र हाल यो पूर्वऔद्योगिक औसतभन्दा १.४३ डिग्री सेल्सियस बढी छ।”

सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौतामा २०० देशले विश्वव्यापी तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित राख्ने र सम्भवतः १.५ डिग्रीमा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए । 

एएपीका अनुसार यस वर्ष पनि एक तापमान वृद्धिका कारण ‘एल निनो’ मौसम घटनाको शुरूआत भएको छ। जसले दक्षिणी प्रशान्तमा पानीलाई न्यानो पार्ने र बाहिर तातो मौसमलाई बढवा दिने वैज्ञानिकहरूले बताएका छन्। सन् २०२३ को अन्त्यमा र अर्को वर्ष यसको सबैभन्दा नराम्रो असर महसुस हुने वैज्ञानिकहरूको अनुमान छ।