जाजरकोट भूकम्पका कारण उद्धार तथा राहतमा सक्रिय हुनुपरेकाले यूएई भ्रमण स्थगित गरेको उपप्रधानमन्त्री खड्काले जनाएका छन्।
काठमाडौँ– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कात्तिक २७ देखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)का लागि तय भएको भ्रमण स्थगित गरेका छन्।
१८औँ दुबई एयर सो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का यूएई जाने कार्यक्रम थियो। कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणको स्वीकृतिसमेत दिइसकेको थियो।
तर, कात्तिक १७ गते राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय हुनुपरेकाले खड्काको भ्रमणको स्थगित भएको रक्षा मन्त्रालयका सहसचिव प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
“भूकम्पपश्चात् जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको र प्रभावितको उद्धार, राहत र पुनः स्थापनालगायत काममा उपप्रधानमन्त्री खड्का स्वयम् निरन्तर क्रियाशील रहनुभएकाले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द गरिएको हो,” विज्ञप्तिमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
