रेशम चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

कैलालीको टीकापुर हत्याकाण्डमा तीनवटै तहका अदालतबाट दोषी ठहर भएका चौधरी सरकारको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी पाएर जेठ १५ गते रिहा भएका थिए। 

काठमाडौँ– रेशम चौधरीलाई सजाय माफी दिएर रिहा गरिएको निर्णयविरुद्धको सुनुवाइ स्थगित भएको छ।

उक्त मुद्दामा पाँच महिनापछि हुन लागेको सुनुवाइ बिहीबार इजलास नै नतोकी स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ। 

यसअघि उक्त मुद्दामा चार पटक पेसी तोकिएको थियो। त्यसमा दुई पटक हेर्न नभ्याइनेमा परेको तथा जेठ २३ गते न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। 

कैलालीको टीकापुर हत्याकाण्डमा तीनवटै तहका अदालतबाट दोषी ठहर भएका चौधरी सरकारको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी पाएर जेठ १५ गते रिहा भएका थिए। 

त्यसविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कठायत बोहराले जेठ १६ गते सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्। 

गत जेठ २ गते सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सदर गरेको थियो। तर, सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक नहुँदै उनी रिहा भएका थिए।