फरा बकरले भत्किएको घरको भग्नावशेषबाट आफ्नो गुडिया खोजिन्। त्यसलाई नुहाइदिइन्, कपाल कोरिदिइन्। अहिले अस्पतालमा उनको प्यारो साथी त्यही गुडिया बनेको छ।
फरा बकर र उनको गुडिया अविभाज्य छन्। आफ्नो परिवारसँगै अस्पतालमा शरण लिन पुगेकी पाँच वर्षीया फरा अहिले त्यही गुडिया हेरेर बम आक्रमणको त्रासलाई भुल्ने प्रयास गर्छिन्।
इजरायली हवाई आक्रमणमा परी फराको घर आंशिकरूपमा भत्कियो, त्यसैमा उनको गुडिया पनि पुरियो। उनले अब गुडिया भेटाइन्न भन्ने सोचेकी थिइन्। तर गुडियाले लगाएको नीलो लुगाका कारण भग्नावशेषमा भेटाइहालिन्। धुलो टकटक्याइन्। त्यसपछि उनले उक्त गुडियालाई नुहाइदिइन्। कपाल कोरिदिइन् र आफैसँगै लगिन्। अहिले अस्पतालमा उनको प्यारो साथी त्यही गुडिया बनेको छ।

गाजाको अल सिफा अस्पतालमा फराजस्तै हजारौँ बालबालिकाले आफ्ना अभिभावकसँगै शरण लिएका छन्। उक्त अस्पतालमा शरण लिनेहरूको भिड छ। ६० हजार प्यालेस्टिनी अस्पतालको ग्यालरी, बगैँचा जसलाई जहाँ ठाउँ मिल्यो त्यहीँ बसिरहेका छन्।
बालबालिकाहरू आफ्ना खेलौनासँग भुलिरहेका छन्। चार वर्षीया जुडे अल सरिफको समय बिताउने साधन नै खेलौना बनेका छन्। इजरायली सेनाको हमलाबाट बच्न उत्तरी गाजामा आफ्नो स्थायी बासस्थान छाडेर उनको परिवार दक्षिणी गाजा आउँदै थियो। त्यहीबेला इजरायली वारप्लेनको टुक्रा उनको टाउकोमा लाग्यो, उनी कोमामा गइन्। त्यही आक्रमणमा उनका बुवा पनि घाइते भए। त्यसपछि अल सिफा अस्पतालमा ल्याइएको थियो। अहिले उनको अवस्था सुध्रिएको छ। अल सरिफका बुवाले उनको लागि खेलौना किनेर ल्याइदिएका छन्। उनी त्यसैमा भुल्ने गरिकी छन्।

यस्तै, अस्पतालको एक बेडमा ४ वर्षीया वार्ड मोउवेद गुडियालाई अँगालो मारेर बसिरहन्छिन्। उनलाई अरु कसैसँग बोल्न मन लाग्दैन। उनको घर पनि इजरायली बमबारीमा ध्वस्त भएपछि अस्पतालको शरणमा पुगेकी हुन्।
बतुल अबु करेस पनि आफ्नी बहिनीहरूसँग मिलेर खेलिरहेकी छन्। वरपर प्लास्टिकका खेलौना राखेर उनीहरू त्यसलाई मिलाउनमा व्यस्त छन्। युद्धको दृश्यलाई भुल्न उनीहरू खेलाैनामा झुम्मिएका छन्।
इजरायल हमासबीच जारी युद्धको चपेटामा सबैभन्दा बढी प्रभावित कोही छन् भने ती बालबालिका हुन्। संयुक्त राष्ट्रसंघले गाजालाई बालबालिकाको ‘चिहानस्थल’को संज्ञा दिएको छ।
इजरायली सेनाको निरन्तर आक्रमणबाट गाजामा साढे दश हजार भन्दा धेरै प्यालेस्टिनीको मृत्यु भइसकेको छ, तीमध्ये ४० प्रतिशत बालबालिका मात्र रहेका संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय बालकोष 'युनिसेफ'का अनुसार एक हजार ३५० बालबालिका बम आक्रमणमा ध्वस्त भएका भग्नावशेषमा पुरिएका छन्।
कतिले अभिभावक गुमाएका छन्। कतिका अभिभावक घाइते भएर अस्पतालमा उपचाररत छन्। घरबारविहीन भएकाहरू पनि आफ्ना अभिभावकसँगै अस्पतालमा शरण लिन पुगेका छन्।
अलजजिराबाट
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
