सन् २०१९ को सेप्टेम्बरमा चोरी हुनुभन्दा अगाडि पूर्णरूपमा सञ्चालित उक्त शाैचालय प्रदर्शनीको लागि राखिएको थियो। पर्यटकहरूले शुल्क तिरेर ३ मिनेटका लागि शाैचालय प्रयोग गर्न पाउँथे।
सन् २०१९ मा इंग्ल्यान्डको एक दरबारबाट सुनको शाैचालय चोरी भएको थियो। १८ क्यारेट र झन्डै ६० लाख अमेरिकी डलर बराबरको उक्त शाैचालय चोरीको आरोपमा गएको सोमबार स्थानीय अदालतमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
बेलायतको 'क्राउन प्रोसिक्युसन सर्भिस' (सीपीएस)ले ३९ वर्षीय जेम्स शीनलाई चोरीको एउटा र आपराधिक सम्पत्ति हस्तान्तरण सम्बन्धी दुईवटा मुद्दा लगाइएको बताएको छ। उनीसँगै माइकल जोन, फ्रेड डोइ र बोरा गुचुकविरुद्ध मुद्दा दायर गरिएको छ। चारै जनालाई नोभेम्बर २८ मा अस्पतालमा उपस्थित गराइनेछ।
२०१९ को सेप्टेम्बरमा चोरी हुनुभन्दा अगाडि उक्त शाैचालय प्रदर्शनीको लागि राखिएको थियो। 'अमेरिका' नाम गरेको कलाकृत उक्त चर्पी इंग्ल्यान्डको ब्लेनहाइम दरबारबाट चोरी भएको थियो। बेलायती युद्धकालका नेता विन्स्टन चर्चिलको जन्मस्थल र पुर्ख्यौली घर ब्लेनहाइम प्यालेस प्रमुख पर्यटकीय केन्द्र र युनेस्को विश्व सम्पदा स्थल पनि हो।
उक्त शाैचालय पूर्णरूपमा सञ्चालित थियो। पर्यटकहरूले शुल्क तिरेर ३ मिनेटका लागि प्रयोग गर्न पाउँथे।
त्यतिबेला प्यालेसले शौचालय गुमाउँदा दुःख लागेको जनाएको थियो, जुन यसअघि न्युयोर्कको गुगेनहेम संग्रहालयमा पनि प्रदर्शनमा राखिएको थियो।
बिहान ५ बजेभन्दा केही समय अगाडि चोरहरूले दुईवटा गाडीसहित दरबारमा पसेर शौचालय लगेको प्रहरीको भनाइ छ। उक्त शौचालय बरामद भएको छ वा छैन भन्ने स्पष्ट भएको छैन। प्रहरी अधिकारीहरूले पनि यसबारे कुनै टिप्पणी नगरेको न्युज एजेन्सी एपीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
