प्रधानमन्त्री दाहालले जनताका तहबाट गरिएको ‘जनयुद्ध’को आधिकारिक र प्रमाणित व्याख्या हुन अझै बाँकी रहेको बताए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कर्म ‘माओवादी जनयुद्ध’ भएको दाबी गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित ‘यात्रा जिन्दगी जनमुक्ति सेनाको कमान्डरदेखि उपराष्ट्रपतिसम्म’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कर्म माओवादी ‘जनयुद्ध’ भएको दाबी गर्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले त्यसलाई जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक उठिरहने जिकिर गरे। “जनयुद्ध दिवस भनेर त्यसको अहिले धेरै ठूलो टीकाटिप्पणी हुने गरेको छ। मलाई के लाग्छ भने– पृथ्वीनारायण शाहको कर्म पछिको ठूलो कर्म नेपालमा नेपाली जनताले अगाडि ल्याएको त्यही नै हो,” उनले भने, “हजारौँ मानिसले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले अहिले एक छिन दबाए पनि फेरि उठ्छ।”
प्रधानमन्त्री दाहालले जनताका तहबाट गरिएको ‘जनयुद्ध’को आधिकारिक र प्रमाणित व्याख्या हुन अझै बाँकी रहेको बताए। “पृथ्वीनारायण शाहले राज्य एकीकरणका बेला गरेपछिको अर्को ठूलो जनताको तहबाट गरिएको महान् विद्रोहको दिन थियो यो, तर यसको आधिकारिक र प्रमाणित व्याख्या हुन अझै बाँकी छ। यसमा कस्तो विचार, भावना र संस्कारले काम गरेको थियो भन्ने कुरा जस्ताको त्यस्तै स्थापित गर्न देशभित्र र देशबाहिर अझै बाँकी छ,” उनले भने।
प्रधानमन्त्री दाहालले पृथ्वीजयन्तीका दिनमा पनि बिदा दिने कसैले आँट नगरेको भन्दै आफूले आँट गरेकोमा गर्व महसुस भएको उल्लेख गरे।
पुनले पुस्तक आफ्नो स्वभावअनुसार लेखेको बताउँदै प्रधानमन्त्री दाहालले पुस्तकलाई आग्रह र पूर्वाग्रहमा हेरिए सत्यमाथिको अन्याय हुने टिप्पणी गरे।
“उहाँको स्वभावअनुसार लेख्नुभएको छ। जस्ताको त्यस्तै। अब यसलाई कसैले प्ले गर्छु भन्ने सोच्यो भने गर्न सक्छ। तर म के भन्छु भने यो उहाँको इमानदारी र सरलताको प्रतीक हो। यसलाई कुनै पनि अर्थमा आग्रह र पूर्वाग्रहमा हेरिनु हुँदैन। हेरियो भने त्यो अन्याय हुन्छ। सत्यमाथि अन्याय हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
