मुख्यमन्त्री कार्कीले संघीय सरकारले कब्जा गरेर राखेका अधिकार प्रदेशमा ल्याउन सिंहदरबारमा धर्नाका साथै सर्वोच्च अदालतमा मुद्दा हाल्ने जिकिर गरे।
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको एकल अधिकार सूचीका अधिकार संघीय सरकारले हडपेर राखिरहेको आरोप लगाएका छन्।
प्रदेशका अधिकार हस्तान्तरण गर्न माग गर्दै मुख्यमन्त्री कार्कीले हस्तान्तरण नभए मुख्यमन्त्रीकै हैसियतमा सिंहदरबारमा धर्ना दिने चेतावनी दिए। कोशी प्रदेशसभामा बिहीबार भएको मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो चेतावनी दिएका हुन्।
सांसद गोम्बु शेर्पाले संविधानले दिएका अधिकारहरू कार्यान्वयन गर्न संघले तदारुकता नदेखाउँदा धेरै समस्या भइरहेको भन्दै राखेको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले अधिकार हस्तान्तरणका लागि पहल गर्ने बताए।
मुख्यमन्त्री कार्कीले संघीय सरकारले कब्जा गरेर राखेका अधिकार प्रदेशमा ल्याउन सिंहदरबारमा धर्ना दिने र सर्वोच्च अदालतमा मुद्दा हाल्ने जिकिर गरे। जसरी हुन्छ प्रदेशको अधिकार छिटो ल्याउने अभियानमा लाग्ने उनको भनाइ थियो।
एमालेका ३९ जना सांसदको सहयोगमा मुख्यमन्त्री नियुक्त भएको तर सरकारबाट एमालेलाई बाहिर किन निकालेको भन्ने प्रश्न सांसद बुद्धिकुमार राजभण्डारीले गरेका थिए। जवाफमा मुख्यमन्त्री कार्कीले एमालेका सांसदहरूलाई ठाउँ खाली रहेको भन्दै दौरा–सुरुवाल नसिलाएको भए सिलाएर बस्न सुझाव दिए।
“नेकपा एमालेले अहिले पनि सरकारलाई समर्थन गरिरहेको छ। एमाले आफैँ सत्तापक्षको कुर्सीबाट प्रतिपक्षको कुर्सीमा गएर बसेको जगजाहेर छ। आवेगमा आएर नछुट्टिएको भए हुन्थ्यो। मैले नेकपा एमालेको मन्त्रीलाई निकालेको होइन। एमालेसँगको सहकार्यलाई छोडेको पनि छैन,” उनले भने।
सहमति र सहकार्यको सर्वदलीय सरकार बनाउने प्रयास आफूले गरेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
