रास्वपा प्रवक्ता मुकुल ढकालले बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाबारे छलफल हुनुका साथै सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस गर्ने जानकारी दिए।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आगामी मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा राख्ने भएको छ।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
उनले बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाबारे छलफल हुनुका साथै सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुने जानकारी दिए।
“मंसिर ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखिने छ। त्यो बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाबारे छलफल हुनेछ। बैठकमा सभापतिको राजनीतिक प्रतिवेदन पनि पेस हुने छ,” उनले भने।
मधेश प्रदेशमा राख्न लागिएको संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्ताबेजमाथि विमर्श गरिने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
