गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा वर्षाको सम्भावना

देशभर नै तापक्रम क्रमिक रूपमा घटिरहेको हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा  आंशिक देखी सामान्य बदली रही बाँकी स्थानको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाको अनुमान छ। राति कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि सम्भावना छ। 

देशभर नै तापक्रम क्रमिक रूपमा घटिरहेको हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।