यसअघि नेपालले इजरायलमा पनि यही कार्यक्रममा कृषि विद्यार्थी पठाउँदै आएको थियो। पछिल्लो समय इजरायलमा जारी युद्धका कारण यो कार्यक्रम प्रभावित बनेको छ।
काठमाडौँ– नेपालबाट कृषि विज्ञान विषयका विद्यार्थी प्रशिक्षार्थी कामदारका रूपमा दक्षिण कोरिया जान पाउने भएका छन्।
कृषि विज्ञान विषयमा स्नातक गरेका नेपाली विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रम (लर्न एन्ड अर्न) अन्तर्गत दक्षिण कोरिया पठाउने गरी सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। यसबारे गत कार्तिक १६ गते नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल र दक्षिण कोरियाका कृषि खाद्य तथा ग्रामिण मामिलामन्त्री चुङ्ग व्हाङ्गक्वुनबीच द्वीपक्षीय सम्झौता भएको मन्त्रालयका सचिव रेवतिरमण पौडेलले बताए।
सम्झौता भए पनि कहिलेबाट पठाउने भनेर अहिल्यै भन्न नसकिने उनले बताए। "बाटो खुलेको हो, अझै केही काम गर्न बाँकी छ। कहिले पठाउने, कति विद्यार्थी पठाउने भन्ने विषयमा छलफल हुन बाँकी नै छ," उनले भने।
दक्षिण कोरियासँग भएको कृषि विकास समझदारीमा दुई प्रकारका प्रशिक्षार्थी कामदार पठाउने मोडलको प्रस्ताव गरिएको छ। कृषि विषयमा स्नातक सकेका नेपाली विद्यार्थी र युवा कृषि उद्यमीलाई बढीमा दुई वर्ष सम्मका लागि कृषिमै सिक्दै र कमाउँदै कार्यक्रममा लैजान सक्ने विषय समझदारीमा समेटिएको छ।
यसअघि नेपालले इजरायलमा पनि यही कार्यक्रममा कृषि विद्यार्थी पठाउँदै आएको थियो। पछिल्लो समय इजरायलमा चलिरहेको युद्धका कारण यो कार्यक्रम प्रभावित बनेको छ। इजरायलमा यो कार्यक्रम प्रभावित भएपछि नयाँ विकल्पको रूपमा पनि दक्षिण कोरियालाई लिइएको सचिव पौडेलले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
