जाजरकोट भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ। रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ।
काठमाडौँ– जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। चौरजहारी नगरपालिकामा नगर प्रहरी निरोज विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।
सुर्खेतको कालागाउँस्थित कर्णाली प्रादेशिक अस्पताल बिहान ९ बजे उनको मृत्यु भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेद्र खड्काले जानकारी दिए।
यससँगै जाजरकोट भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ। रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ।
यसैबीच प्रादेशिक अस्पतालमा उपचार गराइरहेका २४ जना डिस्चार्ज भएका छन्। भूकम्पमा गम्भीर घाइते भएका ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो। तीमध्ये २४ जना डिस्चार्ज भएका हुन्। अस्पतालका निर्देशक डा. डम्बर खड्काकाअनुसार उपचार गराइरहेका अन्य २१ जनाको अवस्था पनि सुधार हुँदै गएको छ।
उनीहरूको उपचारमा पाँच जना चिकित्सक खटिएको उनले बताए। एक जना घाइतेको न्युरो आईसीयू भेन्टिलेटरमा र अर्का एक जनाको आईसीयूमा उपचार भइरहेको छ। अन्य १९ जनाको जनरल वार्डमा छन्।
घाइते भएकामध्ये अस्पतालमा पाँच वर्ष मुनिका बालबालिका छ जना छन्। पाँच जनाको शल्यक्रिया गरिएको छ।
घाइतेको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबिसै घण्टा खटिएको निर्देशक खड्काले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
