नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी पाण्डेले जंगी अड्डामा राजीनामा पेस गरेको पुष्टि गरे।
काठमाडौँ– नेपाली सेनाको प्रधानसेनापतिको रोलक्रममा रहेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। जंगीअड्डाले भावी प्रधानसेनापतिका रूपमा अगाडि ल्याउन खोजेका पाण्डेले राजीनामा दिएका हुन्।
उमेर विवादमा छानबिन हुने देखिएपछि पाण्डेले राजीनामा दिएको सैनिक उच्चस्रोतले जानकारी दिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी पाण्डेले जंगी अड्डामा राजीनामा पेस गरेको पुष्टि गरे। उनका अनुसार राजीनामा रक्षा मन्त्रालयमा पठाइसकिएको छ।
प्रधानसेनापति प्रभुराम शर्माले भावी प्रधानसेनापतिका रूपमा पाण्डेलाई अघि ल्याउन उपरथीबाट रथीमा बढुवा सिफारिस गरेका थिए। तर, उनले उमेर ढाँटेर जागिर खाएको भन्ने विषय सार्वजनिक भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पनि उजुरी परेपछि अख्तियारले रक्षा मन्त्रालयलाई छानबिन गर्न निर्देशन दिएको थियो। रक्षा मन्त्रालयले जंगी अड्डालाई छानबिन गरेर प्रतिवेदन पेस गर्न भनेपछि रथी सीताराम खड्काको नेतृत्वमा सेनाको कानून हेर्ने प्राड विवाकका प्रमुख रत्नप्रकाश थापा र अर्का एक जना सदस्य रहेको समिति बनाइएको थियो।
उक्त समितिले पनि उमेर विवादमा कैफियत भेटिएको निष्कर्ष निकालेको थियो। यसपछि पाण्डेले राजीनामा दिएका हुन्। राजीनामा नदिँदा कोर्ट मार्सल हुन सक्ने देखेर नै पाण्डेले राजीनामा दिएको बुझिएको छ।
पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न जंगीअड्डाले असोज २९ गते सूचना जारी गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
