प्रत्येक निर्वाचन क्षेत्रमा मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको गृह मन्त्रालयले जनाएको छ।
काठमाडौं– सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ।
शुक्रबार निर्वाचन पूर्वतयारको सम्बन्धमा जानकारी दिनका लागि गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो।
पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहलाई कानूनी दायरामा ल्याइने बताए। उनले मतदानलाई असर पर्ने खालका कुनै पनि गतिविधि हुन नदिइने स्पष्ट पारे।
"विशेष गरी भौतिक रूपमा असर गर्ने खालका गतिविधिलाई नियन्त्रण गर्न हामी सक्षम छौँ र त्यसमा स्पष्ट निर्देशन स्थानीय तहसम्म रहेका सुरक्षाकर्मीलाई पुगिसकेको छ। तदनुरूप हाम्रा कार्य भइरहेका छन्," उनले भने।
उनले कर्मचारी, मतदाता, उम्मेदवार र मतपेटिकालगायत मतदान सामग्रीको सुरक्षामा खतरा पैदा हुने कुनै पनि क्रियाकलाप सह्य नहुने बताए। त्यस प्रकारका गतिविधिलाई सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने उनले बताए।
गृहसचिव सिंहले मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन निर्देशन दिइएको जानकारी गराए। निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरी काम गर्ने कर्मचारीलाई कारबाही गरिने उनले स्पष्ट पारे। उनले कर्मचारीलाई कुनै पार्टी, उम्मेदवार वा आस्थाप्रति झुकाव हुने गरी क्रियाकलाप नगर्न निर्देशन दिए।
गृहसचिव सिंहले मतपेटिकालाई मत गणनास्थलसम्म ल्याउनका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगरिने स्पष्ट पारे। सवारी साधनको अभाव रहेका विकट ठाउँहरूमा भने मतदान अधिकृतले माग गरेअनुरूप सशस्त्र प्रहरीको सवारी साधन प्रयोग गर्न सकिने उनले उल्लेख गरे। अन्यथा सुरक्षा निकायको सवारी साधनमा सिल गरिएका मतपेटिका नबोकिने उनको भनाइ छ।
उनले मंसिर ४ गतेको निर्वाचनमा उत्साहपूर्वक भाग लिन र आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरूमा अपिल गरे।
गृहसचिव सिंहका अनुसार हिमाली र उच्च पहाडी जिल्लाका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूबाट निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका ल्याउन हेलिकप्टरको प्रयोग गरिनेछ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिए।
प्रत्येक निर्वाचन क्षेत्रमा मंसिर १ गतेदेखि सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको गृह मन्त्रालयले जनाएको छ। सो टोलीले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले पालना गर्नुपर्ने विषय र आचारसंहिता उल्लंघनका विषयको अनुगमन गर्ने जनाइएको छ।
उनका अनुसार नेपाली सेनाका हेलिकप्टरहरू इटहरी, बर्दिबास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा तैनाथ गरिएको छ। नेपालको कुनै पनि स्थानमा बढीमा ३० मिनेटमा पुग्ने गरी नेपाली सेनालाई परिचालन गरिएको गृहसचिव सिंहले जानकारी दिए। त्यस्तै, देशभरका ९०३ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली खटाइएको उनले बताए।
पत्रकार सम्मेलन गर्नुअघि गृह मन्त्रालयमा गृहसचिवसहित सबै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
