काठमाडौँमै छरपस्ट छन् २०७२ सालको भूकम्पका क्षतिग्रस्त संरचना (तस्वीरहरू)

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन्। सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरू भग्नावशेषका रूपमा मेटिँदै गएका छन्। 

काठमाडौँ वरपरका २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त संरचनाहरू। तस्वीर: न्युज एजेन्सी नेपाल

काठमाडौँ– हालै मात्र पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ। २०७२ सालको भूकम्पलाई मानसपटलबाट पूर्ण रूपमा हटाइ नसक्दै पश्चिम नेपालको भूकम्पले त्रास थपिएको छ। 

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन्। सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरू भग्नावशेषका रूपमा मेटिँदै गएका छन्। 

टाढाको कुरै नगरौँ। काठमाडौँको वसन्तपुर क्षेत्रका कतिपय निजी भवन, सांस्कृतिक सम्पदा पुनः निर्माण शुरूसमेत भएका छैनन्। उक्त भूकम्पको भग्नावशेष संघीय राजधानी वरपर यत्रतत्र फेला पर्छन्। भूकम्पबाट बेहोरेको क्षतिबाट पाठ नसिक्दा अहिले पश्चिम नेपालमा ठूलो क्षति भएको छ। अझै पनि विज्ञहरूले पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको चेतावनी दिइरहेका छन्।

अब बेलैमा पुनः निर्माण नगर्ने र पूर्व तयारीका साथ नबस्ने हो भने भविष्यमा पुनः अहिलेको क्षति नदोहोरिएला भन्न सकिन्न।