गाजामा बन्धक बनाइएका नागरिकलाई रिहा गर्न वार्ता

इजरायली अधिकारीहरूका अनुसार गाजामा कट्टरपन्थी इस्लामिक समूह (हमास)सँग २४० भन्दा बढी इजरायली बन्धक छन्।

तस्वीर: रोयटर्स

गाजामा बन्धन बनाइएका १०० भन्दा बढी नागरिकलाई रिहा गर्न वार्ता शुरू भएको छ।

इजरायल र हमासले हाल बन्धक मुक्त गर्ने दुई थरी प्रस्तावमा छलफल गरिरहेको द न्युयोर्क टाइम्सले जनाएको छ।

इजरायली अधिकारीहरूका अनुसार गाजामा कट्टरपन्थी इस्लामिक समूह (हमास)सँग २४० भन्दा बढी इजरायली बन्धक छन्। पहिलो प्रस्तावअनुसार हमासले इजरायली महिला र बालबालिकाका साथै अमेरिकीलगायत विदेशीसहित १० देखि २० जना नागरिक बन्धकलाई रिहा गर्नुपर्ने छ। त्यसको बदलामा इजरायलले प्यालेस्टिनी क्षेत्रमा गरिरहेको आक्रमणलाई अस्थायी रूपमा रोक्नुपर्ने छ।

पहिलो प्रस्तावमा सहमति भए लगभग १०० भन्दा बढी नागरिकको रिहाइ हुनेछ। यद्यपि हमासले गाजामा रहेका कुनै पनि इजरायली सैनिकलाई रिहा गर्न अस्वीकार गरेको इजरायली अधिकारीको भनाइ छ। हमासको राजनीतिक कार्यालय रहेको कतारले वरिष्ठ अमेरिकी अधिकारीसँग यी वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ।

यसबाहेक, अमेरिकी अधिकारीले इजरायलले गाजामा बन्धकको रिहाइका लागि आफ्नो आक्रमण रोक्न प्रस्ताव गरेको प्रस्तावलाई समर्थन गरेका छन्। यसले मानवीय सहायतालाई गाजामा प्रवेश गर्न र बन्धकलाई उनीहरूको कब्जापछि छोड्न अनुमति दिनेछ।