प्रधानमन्त्री दाहालले आफू सरकारमा रहने नरहने भन्दा पनि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा कति काम गर्न सकियो त्यो महत्त्वपूर्ण कुरा हुने बताए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ सालको निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ सालकै स्थितिमा फर्किन नसके पनि सोसरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रधानमन्त्री दाहालले त्यसका लागि आफूहरूले सरकारबाट नयाँ आन्दोलनको शुरूआत गरिएको बताए। “हामीले सरकारबाट पनि नयाँ आन्दोलनको शुरूआत गरेका छौँ। अझै गर्छौं। कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन। मुख्य कुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो। हामीले कति राम्रो कुरा शुरू गर्छौं त्यो मुख्य कुरा हो,” उनले भने।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा केही सुधार देखिएको बताउँदै आर्थिक क्षेत्रका विद्यमान समस्या समाधानका लागि तिहारलगत्तै सम्मेलन गर्ने योजना सुनाए। “अर्थतन्त्रमा केही सुधार भएको छ। राजस्व पनि वृद्धि हुन थालेको छ। पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन्। रेमिट्यान्स धेरै नै बढेको छ। विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ। अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दै छु,” उनले भने।
प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ कि भन्ने आशाको रक्तसञ्चार भएको बताए। उनले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादी सक्रिय भएको दाबी पनि गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
