एन्नादिर लार्बाउई अल्जेरियाको प्रधानमन्त्री नियुक्त

अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। 

एन्नादिर लार्बाउई अल्जेरियाको प्रधानमन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। 

अल्जेरियाको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “एन्नादिर लार्बाउईले सन् २०२१ मा नियुक्त भएका आयमेन बेनाबदेररहमानेको स्थान लिनु हने छ।”

संयुक्त राष्ट्र संघका लागि अल्जेरियाका पूर्वस्थायी प्रतिनिधि लारबाउईले प्रधानमन्त्री नियुक्त हुनुअघि मन्त्रिपरिषद्को निर्देशकका रूपमा पनि काम गरेका थिए।