बजारमा विगतको तुलनामा यस तिहारमा काजु, बदाम, पेस्ता, नरिवललगायत मसलाको मूल्य घटेको छ।
काठमाडौँ– तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ।
बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्ने उपभोक्ताहरूको भीड देख्न सकिन्छ। यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ।
गतवर्ष प्रतिकिलो एक हजार ७०० रुपैयाँ पर्ने काजु यो वर्ष एक हजार ५०० रुपैयाँमा झरेको छ। एक हजार ३०० रुपैयाँ पर्ने बदाम एक हजार २०० रुपैयाँमा बिक्री भइरहेको छ। किसमिस, ल्वाङ, मखनलगायतको मूल्य भने स्थिर रहेको छ।
चालु आर्थिक वर्षको असोजसम्म एक अर्ब १४ करोडको सामग्री आयात भएको छ। यो वर्ष तिहारमा प्रयोग हुने भाइ मसलाको आयात पनि घटेको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख रुपैयाँ बराबरको ८० लाख ९० हजार ४०२ किलो मसला आयात भएको छ। गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो।
मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन्। यस वर्ष मुलुकमा देखिएको आर्थिक संकटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताएको छन्।
भाइमसला तिहारमा बढी खपत हुने गर्छ। तिहारमा दिदीबहिनीले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा दिने भएकाले पनि तिहारमा यसको खपत बढी हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
