राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद्, सांसद र मतदातासमेतको भूमिका रहेको बताउँदै सबैले आ–आफ्नो भूमिका राम्रोसँग निभाउनुपर्नेमा जोड दिए।
काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्न मन्त्रीहरू गम्भीर नदेखिएको गुनासो गरेका छन्। अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले गम्भीरता नदेखाएको बताएका हुन्।
उनले संसद् र संसदीय समितिमा विधेयकका सम्बन्धमा छलफल भइरहँदा मन्त्री अनुपस्थित हुने गरेको, अन्य काममा हिँड्ने गरेका बताए। मन्त्रीहरूले आफूले पेस गरेको विधेयक कहाँ पुग्यो भनेर सोधखोजसमेत नगरेको उनको भनाइ छ।
“अपवादबाहेक कुनै पनि मन्त्रीले मेरो विधेयक कहाँ पुग्यो? के हुँदैछ? छिटो गर्नुपर्यो भनेको रेकर्ड छैन। हामीले बोलाएर तपाईंको विधेयक यहाँ आएको छ, यसो गर्नुस् भनिरहनुपर्ने। त्यो विषयप्रतिको गम्भीरता देखिएन,” न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने।
अध्यक्ष तिमिल्सिनाले विधेयकलाई गुणस्तरीय बनाउनका लागि मस्यौदा बनाउँदादेखि नै ध्यान पुर्याउनुपर्ने बताए। विधेयकको मस्यौदा गर्दा सम्बन्धित विषयको गाम्भीर्य, दूरगामी प्रभाव तथा राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राख्नुपर्ने उनको भनाइ छ।
“आत्मकेन्द्रित हुन थालेपछि आफू वरिपरि र आफूलाई हुने गरी गर्न थालियो भने स्वाभाविक रूपमा गुणस्तरीय हुँदैन। त्यसकारण त्यो विधेयकको क्षेत्राधिकार र त्यसले समष्टिमा कसलाई लक्षित गर्नुपर्छ र त्यसको हितको लागि के गर्नुपर्छ भन्ने विशाल सोचबाट आएपछि धेरै गुणस्तरीय त्यहाँबाट हुन्छ,” उनले भने।
अध्यक्ष तिमिल्सिनाले विधेयक बनाउने विषयमा सांसदहरूले पनि गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए। उनले सांसदहरूले विधेयकको गहन अध्ययन गर्नुपर्ने र राजनीतिक दलहरूले पनि आफ्ना सांसदहरूलाई विधेयकहरू निर्माण गर्ने सन्दर्भमा प्रशिक्षित गर्नु आवश्यक औँल्याए। मतदाताहरूले पनि आफूले निर्वाचित गरेको सांसदलाई भूगोलमा भन्दा पनि विधायन निर्माणको काममा केन्द्रित हुन दिनुपर्ने उनको भनाइ छ।
उनले विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद्, सांसदहरू र मतदाताहरूसमेतको भूमिका रहेको बताउँदै सबैले आ–आफ्नो भूमिका राम्रोसँग निभाउनुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
