विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्प प्रभावितहरूका लागि अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ।
काठमाडौँ– विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरूको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट प्रभावितहरूका लागि अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो।
भूकम्पपीडितलाई २५/२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराइने जनाइएको गृह मन्त्रालयले जनाएका छन्। त्यस्तै, बैठकले बझाङ केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने यसअघिको मन्त्रीस्तरीय निर्णयलाई अनुमोदन गरेको छ।
बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रूकुमपश्चिम जिल्लालाई पाँच/पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुखस्तरीय निर्णयलाई अनुमोदन गरेको छ। साथै जाजरकोट, पश्चिमरूकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ बमोजिम रकम खर्च गर्ने सम्बन्धमा प्रतिकार्यका लागि गर्न सक्ने खर्च र सीमा तोकेको छ।
त्यसैगरी भूकम्पका कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनर्स्थापना योजना बनाउन विस्तृत क्षति आकलन–मूल्यांकन जनशक्ति र खर्चबारे समेत बैठकले आवश्यक निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
