आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगले दीपक मनाङलाई २५ हजार जरिबाना तिराउने निर्णय गरेको छ।
काठमाडौं– निर्वाचन आयोगले गण्डकी प्रदेशसभा सदस्य मनाङ (२) का उम्मेदवार एवं गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई २५ हजार रुपैयाँ जरिबाना गरेको छ।
मनाङेले मनोनयन दर्ताको एक दिन मात्रै रक्सी खुवाउँदा १५ लाख खर्च लाग्ने भनी दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै आयोगले उनलाई २५ हजार जरिबाना गर्ने निर्णय गरेको हो।
मनाङेले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ ..३० लाखमा नेपालमा चुनाव जित्छ यार…. मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ' भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो।
मनाङेको अभिव्यक्ति निर्वाचन आचारसंहिताको (क), (ख), (ङ), (ज), (झ) र (ट) तथा सोही ऐनको दफा ४, को सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) को र प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची-५, ६ को खण्ड (त) र (थ) को प्रतिकूल हुने आयोगको ठहर छ।
"निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पुष्टि हुन आएकोले निज प्रत्यर्थी राजीव गुरुङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम रु. २५०० जरिबाना हुने ठहर्छ," आयोगको निर्णय भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
