नवलपरासीको देवचुली नगरपालिका–९ मा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। योसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ।
नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको पनि मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चीरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो।
बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो।
गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए। योसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ। महिला र पुरुष गरी छ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको पहिचान भएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए।
दुर्घटनामा मृत्यु हुनेमा जिप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन्।
मृतक एकको अझै पहिचान खुल्न सकेको छैन। उक्त जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
