प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिनको पिक डिमान्ड देशभित्रैका विद्युत्गृहबाट उत्पादन गरी आपूर्ति गरिएको हो। देशभित्रको माग पूरा भई बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ।
काठमाडौँ– यस वर्षको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १ हजार ४३८ मेगावाट रेकर्ड गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमान्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १ हजार ४३८ मेगावाट पुगेको रेकर्ड गरिएको जनाएको हो। गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १ हजार ३०५ मेगावाट थियो।
विद्युत् प्राधिकरणका अनुसार तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहकबाहेकको हो। यस वर्ष प्राधिकरणले पिक डिमान्ड १ हजार ३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिनको पिक डिमान्ड देशभित्रैका विद्युत्गृहहरूबाट उत्पादन गरी आपूर्ति गरिएको हो। देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ।
गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो। लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १ हजार ९५५ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष प्रणालीको पिक डिमान्ड १ हजार ७११ मेगावाट थियो।
यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमान्ड ३६६ मेगावाट रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ। गत वर्ष ३४२ मेगावाट थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरूको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए।
कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए। उनले गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमान्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे।
जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत् उत्पादन क्षमता भए तापनि प्राधिकरणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो।
प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरूबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरूबाट ९९७ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो।
विगत वर्षमा झैँ यस वर्ष लक्ष्मीपूजाका दिन मूलकभर बिनाअवरोध विद्युत् आपूर्ति भएको प्राधिकरणले जनाएको छ। २०७३ सालको लक्ष्मीपूजाकै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान शुरू गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
