भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुम पश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन्।
भेरीगंगा– भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका ६७ विद्यार्थीको मृत्यु भएको छ भने ४० हजार विद्यार्थी प्रभावित भएका छन्।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन्। भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुम पश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार ६८७ मध्ये ४० हजार ११० विद्यार्थी भूकम्पबाट प्रभावित भएको मन्त्रालयका शिक्षा अधिकृत बलवीर सुनारले बताए।
जाजरकोटमा ७५ हजार ८५३ विद्यार्थीमध्ये २२ हजार ७५९ र रुकुम पश्चिममा ५७ हजार ८३४ विद्यार्थीमध्ये १७ हजार ३५१ जना भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिए।
दुई जिल्लाका ७३६ विद्यालयमध्ये २०८ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन्। त्यस्तै, ४१८ विद्यालयमा आंशिक रूपमा क्षति भएको जनाइएको छ।
जाजरकोटका धेरै विद्यालयमा क्षति पुगेको छ। जाजरकोटमा मात्रै १७३ विद्यालय पूर्ण रूपमा र ४०८ विद्यालय आंशिक रूपमा क्षति भएका छन्। त्यस्तै, रुकुम पश्चिममा ३५ विद्यालय पूर्ण र १० विद्यालय आंशिक रूपमा क्षति भएका छन्।
भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको सरकारी तथ्यांक छ। जसमा सबैभन्दा धेरै रुकुम पश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको शिक्षा अधिकृत सुनारले जानकारी दिए।
यसैगरी, रुकुम पश्चिमका ३६ र जाजरकोटका ३५ गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको सुनारको भनाइ छ। भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुम पश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन्।
प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल ६०० सिकाइ केन्द्रहरू स्थापना गर्ने योजना बनाएको छ। सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत सुनारले तत्काल अस्थायी सिकाइ केन्द्र निर्माण गरी पठनपाठनमा सहयोग पुर्याउने योजना रहेको बताए। विद्यालयमा भएको भौतिक क्षतिको लेखाजोखा गरी पुनः निर्माणको कामलाई अगाडि बढाउने तयारी गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
