आगो निभाउने क्रममा प्रहरी र स्थानीयसहित २८ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
काठमाडौँ– मोरङको उर्लाबारी नगरपालिका–७ स्थित सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका छन्।
आइतबार राति दीपक कार्कीको सुन पसलमा भएको आगलागीमा प्रहरीसहित स्थानीय घाइते भएको उक्त वडाका अध्यक्ष उर्मिला थापाले जानकारी दिइन्।
राति साढे आठ बजे शुरू भएको आगो दमक र पथरी नगरपालिका तथा कमल गाउँपालिकाको दमकलको सहयतामा आगो निभाइएको थियो।
आगो निभाउने क्रममा प्रहरी र स्थानीय घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष थापाले बताइन्।
उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। १२ जनाको झापाको बिर्तामोडस्थित केएमसी मेडिकल कलेज र बाँकीको विराट नर्सिङहोमलगायत अस्पतालमा उपचार भइरहेको छ।
आगलागीको कारण खुल्न नसकेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
