भोजपुर नगरपालिका–८ स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
टक्सार– लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगलागी हुँदा भोजपुरमा २६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए।
आगलागीबाट दुई तले घर जलेको छ। घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना, र नगद १५ हजार रुपैयाँसमेत नष्ट भएको उनले बताए।
उता, संखुवासभाको खाँदबारी–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।
आइतबार राति लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ स्थित लीला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
आगलागीबाट राईको घर पूर्ण रूपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन। आगलागीबाट नगद ३१ हजार पनि जलेको छ।
घर परिसरमा पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा पनि आगोले क्षति पुर्याएको प्रहरीले जनाएको छ। आगलागीबाट कति क्षति भयो भन्ने विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
