एकीकृत समाजवादीका सम्मानित नेता खनालले भूकम्पबाट प्रभावितहरूको अवस्था बिग्रिन नदिन सरकारले युद्धस्तरमा काममा लाग्नुपर्ने बताएका छन्।
काठमाडौँ– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिम नेपालका भूकम्पपीडितका लागि आवश्यक सेवा उपलब्ध गराउने कामलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन्।
जाडोले कठ्यांग्रिएर भूकम्पपीडितहरू मर्नुपरेको दुर्भाग्यपूर्ण समाचार आफूले सुनेको उल्लेख गर्दै सम्मानित नेता खनालले त्यस्तो अवस्था आउन नदिने गरी सरकारले युद्धस्तरमा काममा लाग्नुपर्ने बताएका हुन्।
सोमबार काठमाडौँको डल्लुस्थित आफ्नै निवासमा आयोजित देउसी भैलो कार्यक्रममा उनले कतिपय पीडितले अहिले पनि राहत र उद्धार पाउन नसकिरहेको उल्लेख गर्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सचेत गराए।
सम्मानित नेता खनालले तिहारलाई दिदीबहिनी र दाजुभाइ बीचको सम्बन्धलाई आत्मीय बनाउने रमाइलो चाडको रूपमा पनि चित्रण गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
