इजरायली आक्रमण र इन्धन अभावका कारण अल-अहली अस्पतालबाहेक सबै अस्पताल सेवा प्रवाह गर्न असमर्थ भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली आक्रमणका कारण अत्यावश्यक वैकल्पिक जेनेरेटरहरू समेत सञ्चालन गर्न इन्धनको अभाव हुँदा उत्तरी गाजाका प्यालेस्टिनी अस्पतालहरूले सेवा बन्द गरेका छन्।
इजरायली आक्रमण र इन्धन अभावका कारण अल-अहली अस्पतालबाहेक सबै अस्पताल सेवा प्रदान गर्न असमर्थ भएको हमास नियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता अशरफ अल-केद्राले अल-शिफा मेडिकल अस्पतालमा जेनेरेटर अभावका कारण पाँच नवजात शिशु र सात अन्य बिरामीको मृत्यु भएको बताएका छन्। डायलिसिस हुन नसक्दा थुप्रैले मिर्गौलाका बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको उनले बताए।
आइतबार प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस)ले गाजा शहरको अल-कुड्स अस्पताल इन्धन अभाव र बिजुली कटौतीको कारणले सञ्चालन बन्द गरेको बताएको थियो।
खाना, पानीलगायत अत्यावश्यक वस्तुको अभाव तथा अस्पतालहरूको सेवा अवरुद्ध हुँदा उत्तरी गाजाको अवस्था दिनप्रतिदिन खराब बन्दै गएको छ। इजरायल र हमासबीच द्वन्द्व शुरू भएको छैटौँ हप्ता चल्दै छ। अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अप्रत्याशित आक्रमणका कारण लडाइँ शुरू भएको थियो। इजरायलको प्रतिआक्रमणले गाजामा क्षेत्रमा ठूलो परिणाममा जनधनको क्षति पुर्याएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध शुरू भएयता ११ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। मारिनेमध्ये दुई तिहाइ महिला र नाबालिक छन्। करिब दुई हजार ७०० जना सम्पर्कविहीन छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
