जाजरकोट भूकम्पबाट सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।
भेरीगंगा (सुर्खेत)– जाजरकोट भूकम्पका कारण करिब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन्। यो प्रदेशको कुल जनसंख्याको २२ प्रतिशत हो।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार ९८२ प्रभावित भएका हुन्।
सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए। उनका अनुसार भूकम्पका कारण पाँच वर्षमुनिका मात्रै १९ हजार २९६ बालबालिका प्रभावित भएका छन् भने पाँच हजार ३४३ स्तनपान गराइरहेका गर्भवती प्रभावित भएका छन्।
तीन हजार ३१७ गर्भवती प्रभावित हुँदा दुई हजार २६ स्तनपान गराइरहेका महिला प्रभावित भएको तथ्यांकमा जनाइएको छ। भूकम्पले जाजरकोट र रूकुमपश्चिममा धेरै नागरिक प्रभावित भएका छन्। गर्भवती, सुत्केरी र पाँच वर्षमुनिका बालबालिका झनै समस्यामा परेको डा खड्काले बताए।
४८ स्वास्थ्य संस्थामा क्षति
भूकम्पबाट जाजरकोट, रूकुमपश्चिममा र सल्यानमा गरी ४८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ। सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै क्षति रूकुमपश्चिममा भएको छ।
रूकुमपश्चिममा रहेका एक सय ११ स्वास्थ्य संस्थामध्ये २४ वटामा क्षति पुगेको छ । जसअन्तर्गत दुई वटा पूर्णरूपमा र २२ वटा आशिंक रूपमा क्षति पुगेको निर्देशक डा खड्काले बताए। जाजरकोटमा एक सय ३३ स्वास्थ्य संस्थामध्ये १८ वटा क्षति भएका छन्। छ वटा पूर्णरूपमा ध्वस्त भएका छन् भने १२ वटा आशिंक रूपमा क्षति पुगेको छ।
यता, सल्यानका एक सय ५५ स्वास्थ्य संस्थामध्ये तीन वटा पूर्ण र तीन वटा आशिंक रूपमा क्षति भएको उनले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी स्वास्थ्य चौकी ध्वस्त भएको छ।
मृत्यु हुनेमा बालबालिका धेरै
स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांकअनुसार भूकम्पमा परी मृत्यु हुनेमा बालबालिका धेरै रहेका छन्। अठार वर्षभन्दा कम उमेर समूहका ९५ बालबालिकाले भूकम्पमा परी ज्यान गुमाउनु परेको हो।
अद्यावधिक विवरणअनुसार पाँच वर्ष मुनिका मात्रै २४ बालबालिकाको मृत्यु भएको छ, तीमध्ये १४ बालक छन् भने १० बालिका रहेका छन्। अठार वर्षमुनिका र पाँच वर्षमाथिका ७१ जनाको मृत्यु भएको तथ्यांकमा जनाइएको छ। तीमध्ये ३७ पुरुष र ३४ महिला रहेको निर्देशक डा खड्काले बताए। मृत्यु भएका अन्य ५८ जना १८ वर्षमाथिका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
त्यस क्षेत्रमा विभिन्न प्रकोप फैलिन सक्नेतर्फ आफू सचेत रहेको भन्दै सम्भव भएसम्म स्वास्थ्य सेवा सुचारु गरिएको निर्देशक खड्काले बताए। पानीजन्य रोग लाग्न नदिन भूकम्प प्रभावित क्षेत्रमा पानीको शुद्धता परीक्षण शुरू गरिएको भन्दै उनले त्यहाँ स्वास्थ्यकर्मी खटाइएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
