कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राति पनि कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

यस्तै, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ।